Ganesh Thapa on his facebook post.
समाचार बन्न नसकेको समाचार। नेपाल अधिराज्यभरिमा सबैभन्दा उपयुक्त ठाउ यहि हो त? होभने बधाई छ एन्फालाई।
सम्पूर्ण मिडियाहरू र खेलप्रेमीहरुको ध्यान आकर्षण गर्न चाहन्छु।
एन्फाद्वारा माननीय खेलकुद मन्त्री ज्यूको चुनावी क्षेत्रमा फिफाको परियोजना 17 करोड को लागतमा बन्न लागेको ठाउको फोटो हो। यस ठाउमा पहिले तटबन्धनको व्यवस्था नगरिकन बनाउनु ठूलो गल्ती हुनेछ। यस्ता किसिमका परियोजना बनाउनुभन्दा अगाडि सातै प्रदेशमा खुलारुपमा प्रतिस्पर्धा गराएर गर्नु पर्दछ भन्ने पनि माग पनि राख्दछु। हिजोका दिनमा पनि प्रतिस्पर्धा गराएर छनौट गर्ने प्रचलन भएको स्मरण गराउन चाहन्छु। म को रिसाउछ भनेर यसरी आफ्नो आखा ले देख्दा देख्दै चुप लागेर बस्न सक्दिन। गलतलाई गलत राम्रोलाई राम्रो भन्ने साहस हिजो पनि थियो र आज पनि छ।